आज बाराही घाटमा गुञ्जिदैं सज्जन, गेट ३ बजे खुल्ने

पाेखरा | कात्तिक १६, २०८१

आज बाराही घाटमा गुञ्जिदैं सज्जन, गेट ३ बजे खुल्ने PHOTO: PRACHAR

पोखरा:   ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत सांगीतिक यात्रामा रहेका गायक सज्जनराज वैद्य आज पोखरा ६ लेकसाइडस्थित बाराहीघाटमा गुञ्जदैं छन् ।

उनी आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा जारी ‘एकादेशमा नेपाल टुर २०२४’ मा छन् । पाेखरामा हुने इभेन्टकाे व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ ।

उक्त कार्यक्रमको सबै तयारी पुरा भएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । 

 

उनका अनुसार इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा हुने सो कार्यक्रममा सज्जनले भने बेलुकी ५ बजेपछि प्रस्तुती दिनेछन् । गेट भने ३ बजेबाटै खुला हुनेछ ।

 

कार्यक्रमका लागि करिब ३ हजार ५ सय बढी टिकट विक्री भइसकेको पुरीले बताए ।


प्रवेश टिकट रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने छ । भने, मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ ।

 

टिकटको मूल्य १ हजार ५ सयदेखि ३ हजार रूपैयाँसम्म रहेको छ । २ हजार ५ सयको फ्यान पिट र ३ हजार रूपैयाँको भिआइपी टिकट खरिद गर्नेले हातमा लगाउने एलइडी ब्याण्ड पाउने छन् ।

 

‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन अघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । भने, कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सले जनाएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्